नियम २२
मेलमिलापकर्ता समक्ष पठाउनु पर्ने
नियम २० को उपनियम (१) बमोजिम मेलमिलापकर्ता नियुक्तिको जानकारी प्राप्त भएपछि वा मुद्दा हेर्ने निकायबाट नियम १९ बमोजिम मेलमिलापकर्ता नियुक्त भएपछि मुद्दा हेर्ने निकायले आपूm समक्ष दायर भएको मुद्दा मेलमिलापद्वारा समाधान गर्न पक्षहरुलाई तारेख तोकी मेलमिलापकर्ता समक्ष पठाउनु पर्नेछ ।